ट्रेन्डिङ

वीरगञ्जमा बुद्ध जयन्तीको त्रिसंयोगमा भव्य धार्मिक कार्यक्रम सम्पन्न

वीरगन्ज । शान्तिका अग्रदूत भगवान बुद्धको २६४९औं जन्म दिवस, २६१४औं बुद्धत्व प्राप्ति दिवस र २५६९औं महापरिनिर्वाण दिवसको त्रिसंयोगमा वीरगञ्जमा एक भव्य धार्मिक कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज बौद्ध समिति, वीरगञ्ज जेसीज लगायतका स्थानीय संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा धार्मिक सहिष्णुता, मानवता र शान्तिको सन्देश फैलाइएको थियो।

जयन्तीको अवसरमा सोमबार बिहान ७ बजे माईस्थान मन्दिर परिसरबाट प्रभातफेरीको शुभारम्भ भई घण्टाघर, लिंकरोड, वसपार्क चौक हुँदै ४० फिटा रोड र कृष्ण प्रणामी मन्दिर मार्ग भएर भिस्वा बुद्ध विहारमा पुगेर समापन गरिएको थियो। प्रभातफेरीमा गौतम माध्यमिक विद्यालयलगायत वीरगञ्जका विभिन्न विद्यालयहरू, धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू, बौद्ध अनुयायीहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रभातफेरीमा वीरगञ्ज महानगरपालिकाका प्रमुख आदरणीय राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति आदरणीय डा. दीपक शाक्य, वीरगञ्ज जेसीजका पदाधिकारीहरू लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले भगवान बुद्धको शिक्षालाई आत्मसात गर्दै समाजमा शान्ति र सद्भाव कायम राख्न आह्वान गरे।

कार्यक्रम वीरगञ्ज बौद्ध समितिका अध्यक्ष प्रा.डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। बुद्ध विहार तथा गुम्बामा लामागुरुहरूले विशेष पूजा, मन्त्रपाठ तथा ध्यान कार्यक्रम सञ्चालन गरे। साथै, बौद्ध समितिले दिनभर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो, जसबाट स्थानीय नागरिकहरूले लाभ उठाएका थिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै