ट्रेन्डिङ

पेस्तोल पड्काएर नाचेको भिडियो भाइरल भएपछि प्रहरीले बोलायो बबी सिंहलाई

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवलाई प्रहरीले बोलाएको छ ।

पेस्तोल बोकेर नाचेको उनको एउटा भिडियो भाइरल भएपछि उनलाई सप्तरी प्रहरीले सोधपुछका लागि बोलाएको छ । उनी पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यससँगै एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्नो बचाउमा उत्रिएकी छन् ।

भारतको सीतामढी मामाघरमा विवाहमा सहभागि हुन गएको बेला आफन्तहरुसँग नाचगान गर्दै पेस्तोल पड्काएको उनको भनाई छ । सिंहले भारतको सीतामढीमा मेरो मामाकी छोरीको वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायर गरेको विज्ञप्तीमा दाबी गरेकी छन् ।

‘यसलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु’, उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् । उनले वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने समेत विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै