ट्रेन्डिङ

धनुषासहित मधेशका चार जिल्लाका प्रहरी कमाण्डर फेरिए, कहाँ को आउँदै ? (सूचिसहित)

वीरगन्ज । नेपाल प्रहरी मुख्यालयले मधेश प्रदेशका चार जिल्लाका प्रहरी कमाण्डरको सरुवा गरेको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालयले सोमबार निकालेको ६३ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा÷काजमा मधेश प्रदेशका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् । प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एसपीहरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले धनुषामा एसपी भुवनेश्वर तिवारीको ठाउँमा नरहरी रेग्मीलाई पठाएको छ भने तिवारीलाई नेपाल प्रहरी विपद् व्यवस्थापन सामाखुसी सरुवा गरेको छ ।

त्यसैगरी रौतहटमा नेत्रमणि गिरी आउने भएका छन् । गिरी कर्णाली प्रदेश प्रहरी गण, विरेन्द्रनगरबाट रौतहट आउन लागेका हुन् । रौतहटका हालका एसपी दिलिप घिमिरेको नेपाल प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा सरुवा भएको छ । यसैगरी, सर्लाहीका हालका एसपी रविन्द्र बहादुर सिंहको प्रहरी मुख्यालय नक्सालमा सरुवा भएको छ । उनको स्थानमा लुम्बिनी प्रदेश प्रहरी गण, बाँकेबाट योगेन्द्र कुमार खड्का आउने भएका छन् ।

त्यसैगरी महोत्तरीमा हेरम्ब शर्मा सरुवा भएर आउने भएका छन् । उनी नेपाल प्रहरी विपत् व्यवस्थापन शाखाबाट सरुवा भइ महोत्तरी आउन लागेका छन् । महोत्तरीका हालका एसपी नकुल पोखरेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ । यसैगरी गण्डकी प्रदेश प्रहरी गण पोखराबाट सिरहामा काजमा आएका अनन्त राम शर्माको दरबन्दी सिरहामै कायम भएको छ । यता, ट्राफिक प्रहरी कार्यालय पथलौया, बाराका हालका ट्राफिक प्रमुख भिमकिरण बोगटीको स्थानमा राजकुमार सिलवाल आउने भएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै