ट्रेन्डिङ

कलेजका साथीले मानसिक यातना दिएको भन्दै पासो लगाएर युवकले गरे आत्महत्या

बारा । कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनका एक युवाले घरमै पासो लगाएर आत्महत्या गरेका छन् ।

बघवनका श्याम प्रसाद महत्तोका छोरा २२ बर्षिय नितेश कुमार महत्तोले आफुलाई कलेजका साथीले मानसिक यातना दिएको भन्दै आत्महत्या गरेका छन् । उनले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको बारा प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यसविषयमा थप केही भन्न सकिने प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कलेजका साथीले मानसिक यातना दिँदा आत्महत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए । घटनामबारे थप अनुसान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै