ट्रेन्डिङ

सिम्रोनगढका प्रशासकीय अधिकृतले पत्रकारलाई ‘देखाई दिन्छु’ भनेपछि महासंघको ध्यानाकर्षण

वीरगन्ज । मिलन राष्ट्रिय दैनिक पत्रिका कार्यकारी सम्पादक नरेश गुप्तालाई सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृतले धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेको विषयलाई लिएर नगरपालिकाका प्रशासकीय अधिकृत हरिओम जैसवालले ‘देखाई दिन्छु’ भनी दिएको धम्कीलाई महासंघ बाराले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाहो हस्तक्षेप भएको ठहर गरेको छ ।

समाचारमा लेखिएका विषयमा चित्त नबुझे खण्डन गर्न वा सम्बन्धित निकायहरुमा उजुर गरी न्याय निरुपण गर्न सकिने अनेकन प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्काउने, दुरव्यवहार गर्ने कार्य निन्दनिय भएकाको भन्दै महासंघ बाराले यसको घोर भत्सनां समेत गरेको छ ।

महासंघ बाराका सचिव पुष्पराज खतिवडाले शुक्रबार जारी गरेको विज्ञप्तीमा नेपाल सरकारका जिम्मेवार निकायमा बसेका व्यक्तिबाटै समाचार लेखेकै कारण पत्रकारलाई धम्की दिने कार्यको कडा शब्दमा विरोध गर्दै पत्रकारको भौतिक एवं व्यवसायीक सुरक्षामा ध्यान दिन सम्बद्ध सबैमा हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै