ट्रेन्डिङ

उपकार सेवा नेपालद्वारा स्वास्थ्य संस्थाहरुमा पंखा हस्तान्तरण

वीरगन्ज । समाजिक कार्यमा सक्रिय उपकार सेवा नेपालले विभिन्न स्वास्थ्य संस्थाहरुमा पंखा हस्तान्तरण गरेको छ । गर्मीको मौसममा अस्पतालमा आएका बिरामी र तिनका कुरुवालाई सहज होस् भन्ने अभिप्रायले उपकार सेवाले स्वास्थ्य संस्थामा पंखा वितरण गरेको छ ।

पर्सा जिल्लाको दास्रो सदरमुकाम भनेर चिनिने पोखरिया अस्पतालमा ७ थान, रानिगन्ज आयुर्वेद औषधालयमा २ थान र लमरिया स्वास्थ चौकीमा १ थान गरि जम्मा १० थान पंखा हस्तान्तरण गरिएको उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीले जानकारी दिइन् । गौतम स्कुलद्वारा पाँच थान र उपकार सेवा नेपालको पाँच थान गरि उक्त सहयोग गरिएको हो ।

कार्यक्रममा पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. आनन्द रौनियार, धिरेन्द्र सिंह, अवधेश मिश्रा, नेता एवं समाजसेवीहरु प्रकाश थारु, नेजामोदिन समानी, जनमतका जिल्ला संयोजक ओमप्रकाश सरार्फ, अमन सरार्फ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै