ट्रेन्डिङ

राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने कार्यको समय घटयो, पर्सा सिडिओबाट आइतवारदेखि विहान १० बजेबाट सेवा दिइने

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र वितरण गर्ने समयमा फेरबदल गरेको छ ।

विहानदेखि वितरण गरिदैँ आएको राष्ट्रिय परिचयपत्रको सेवालाई अब कार्यालय समयभित्र सीमित गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विहानदेखि दिँदै आएको राष्ट्रिय परिचयपत्र वितरणको समय आइतवारदेखि हेरफेर भएको जानकारी दिएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै अब जिल्ला प्रशासन कार्यालयले अब विहान १० बजेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने जनाइएको छ । विहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म दिँदै आएको सेवालाई अब कार्यालय समयभित्र मात्रै निर्धारण गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले जारी गरेको विज्ञिप्तिमा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्र वितरणको कार्य अहिले विहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म हुँदै आएको सर्वविदित्तै छ, तर आइतवारदेखि भने नियमितरुपमा भने १० बजेदेखि कार्यालय समयभित्र विवरण दर्ता सम्बन्धी सेवा प्रवाह गरिनेछ ।’

त्यसकारण कार्यालय समयभित्र आफ्‌नो सेवा लिन हुन आउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि धेरै चाँप बढेको भन्दै सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले विहान साढे ७ बजेदेखि सेवा दिदैँ आएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै