ट्रेन्डिङ

पत्रकार हुँ भन्दै धम्की दिने वीरगन्जका एक जना पक्राउ

वीरगन्ज । पत्रकार हुँ भन्दै व्यापारीलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले बाराको प्रसौनीबाट एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेका छन् ।

बारा प्रहरीका डिएसपी बिजयराज पण्डितका अनुसार सरार्फमाथि व्यापारीलाई धम्की दिएर रकम असुलेको आरोप छ ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै