वीरगन्ज । वीरगन्जमा आजदेखि पूर्णरुपमा निषेधाज्ञा हटेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको जानकार दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले महानगरको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले शुक्रवार बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
बिहीवार बसेको जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ, “स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ।”
गएको शनिबार हनुमान् जयन्तीका अवसरमा निकालिएको शोभायात्रामा निकालिएकोदुइ समुदायबिच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।