ट्रेन्डिङ

नयाँ वर्षको पहिलो दिन : कुन प्रदेशमा कस्तो मौसम ?

काठमाडौँ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने जनाइएको छ ।

यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै