ट्रेन्डिङ

रौतहटमा भारतीय नागरिकबाट अवैध हतियार र लागुऔषध बरामद

रौतहट । सशस्त्र प्रहरी बलले रौतहटको लक्ष्मीपुर बेलबिछवा नाकाबाट एक भारतीय नागरिकलाई अवैध हतियार र लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा, रौतहटका अनुसार पक्राउ पर्ने व्यक्ति भारत बिहारको सितामढी जिल्ला, बैरगनिया थाना अन्तर्गत नन्दबारा गाउँका २३ वर्षीय किशन कुमार रहेका छन्।

गत राति करिब ९:३० बजे राजदेवी नगरपालिका–८ स्थित जैसवाल मदिरा पसल अगाडि मदिरा सेवनपछि झगडा भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरबाट खटिएको गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

उनको साथबाट म्याग्जिन नभएको एक थान अटोमेटिक पेस्तोल, प्रतिबन्धित लागुऔषध कोरेक्स सिरप ३ बोतल, नाईट्रोभेट ५ ट्याब्लेट, एक थान मोबाइल र दुई थान हातको बाला फेला परेको सशस्त्र प्रहरी प्रमुख एसपी सन्तोष कुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेका किशन कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राति १ बजे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको जनाइएको छ।

घटनास्थलमा पेस्तोलको म्याग्जिन र गोली फालिएको हुन सक्ने अनुमान गरिएको छ र त्यसतर्फ खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै