वीरगन्ज । वीरगन्जमा दुइ समुदायबिचको उत्पन्न विवादलाइ समाधान गर्नका लागि अहिले सर्वपक्षीय बैठक डाकिएको छ ।
हनुमान ज्यन्तीको अवसरमा हिजो निकालिएको शोभायात्राका क्रममा भएको विवादलाइ समाधान गर्नका लागि आज विहान सर्वदलीय बैठका डाकिएको थियो ।
९ बजे विहान डाकिएको उक्त बैठकले सर्वपक्षीय बैठक बोलाउन सुझाव दिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले आजै विहान साढे १० बजेदेखि बस्ने गरी सर्वपक्षीय बैठक बोलाइएको हो ।
बैठकका लागि बोलाइएका प्रतिनिधिहरु आउने क्रम सुरु भइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार सर्वदलीय बैठकबाट प्राप्त सुझाव अनुसार यो बैठक डाकिएको हो, यही बैठकबाट अब समस्याको हल निकालिनेछ ।
स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो ।
उक्त क्रममा शोभायात्रामा ढुंगा मुढा हानेपछि विवाद सुरु भएको थियो ।