वीरगन्ज । नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटीले आफ्ना सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि रोकिएको तलब भुक्तानी नभएको भन्दै कमिटीले यस्तो निर्णय गरेको हो ।
मधेस सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको ६ महिनादेखिको बाँकी तलब भुक्तानी नगरेको भन्दै आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरिएको जनाइएको छ । कमिटीले चैत २१ र २२ गते अर्थात् बिहीबार र शुक्रबार आकस्मिक बाहेक सम्पूर्ण सेवाहरु ठप्प पार्ने निर्णय गरेको हो ।
उनका अनुसार मधेस प्रदेशस्थित प्रादेशिक, शिक्षण अस्पताल र स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएपछि संघले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिइएको थियो । तर, आफूहरुको मागप्रति प्रदेश सरकार गम्भीर नबनेकोले प्रदेशभरका स्वास्थ्य संस्थाहरुमा सम्पूर्ण सेवाहरु दुइ दिनका लागि बन्द गर्ने घोषणा गरिएको हो ।
संघले चैत २२ पछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।