ट्रेन्डिङ

उपत्यकामा सवारीसाधनको चाप न्यून

काठमाडौँ । देशभर तिहारको रमझम चलिरहेको छ। आज गाईगोरु तथा गोवर्द्धन पूजा गरी मनाइँदै छ ।

त्यस्तै नेवार समुदायले नेपाल संवत्को स्वागतमा विभिन्न ठाउँमा ‘न्यू दया भिन्तुना’ आदान प्रदान गरिँदै छ।

आइतबार भाइटीका लगाएपछि तिहार समापन हुनेछ। भाइटीकाको अघिल्लो दिन काठमाडौँ उपत्यकाको सवारीसाधनको चाप न्यून देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

सरकारी बिदा रहेको र भाइटीका लगाउन कतिपय कर्म क्षेत्रबाट गाउँ फर्किएकाले सवारी चाप न्यून देखिएको प्रहरीको भनाइ छ। कतिपय क्षेत्रको सडक खाली जस्तै थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै