ट्रेन्डिङ

मधेश प्रदेशका पाँच सांसद पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त गर्ने प्रक्रियामा रोक लगाएको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सभामुख रामचन्द्र मण्डललाई उनीहरूलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको हो।

इजलासले दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै विवाद समाधान नभएसम्म पाँचै जना सांसदको पद कायम रहने स्पष्ट गरेको छ।

प्रदेशसभामा उत्पन्न राजनीतिक विवाद र सभामुखको हालैको कदमले प्रदेश राजनीतिक रूपमा तातेको बेला सर्वोच्चको आदेशले नयाँ मोड ल्याएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै