ट्रेन्डिङ

बाराबाट १० ग्राम ब्राउन सुगरसहित दुइजना पक्राउ

बीरगन्ज । बारा प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुइजनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा बुधबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित बैदेही पेट्रोप पम्प अगाडीबाट ब्राउन सुगरसहित दुइजनालाइ पक्राउ गरेको हो ।

चाडपर्व लक्षित गर्दै प्रहरीले चलाएको जाँच अभियानका क्रममा ईलाका प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साका संयुक्त प्रहरी टोलीले लागू औषधसहित उनीहरुलाइ पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा बीरगन्ज महानगरपालिका वडा नम्बर २१ निवासी १८ वर्षीय साविर अन्सारी र सोही वडाका ५८ वर्षीय बिरेन्द्र प्रसाद साह रहेका छन् ।

बीरगन्जबाट जीतपुरतर्फ जाँदै गरेको ना २२ प ९९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट लागु औषध ब्राउन सुगर फेला पारेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरुको साथबाट १० ग्राम ब्राउन सगर बरामद गरेको बताएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

के भन्छ प्रहरी ?

ईलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज प्रहरी नायब निरिक्षक मोहन नरायण रायले चाडपर्व लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

उनले शान्त एवम् सभ्य रुपले चाडपर्व मनाउने वातावरण तयार पार्न प्रहरी कडा रुपले प्रस्तुत भएको जनाए ।

चाडपर्वको समयमा सर्वसाधारणको सुरक्षासँगै चोरी पैठारी एवम् गैरकानुनी कारोवार रोक्न कुनै कसर बाँकी नराख्ने प्रस्ट्याए ।

सर्वसाधारणको सुरक्षार्थ २४ घण्टा अहोरात्र खटिने बताउँदै उनले भने, ‘ समाजमा अमन चयन कायम गर्नका लागि प्रहरीलाई स्थानीयहरुको पनि सहयोग आवश्यक पर्छ । तसर्थ हातेमालो गर्दै अगाडि बढ्न सबैसँग हाम्रो आग्रह छ ।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै