ट्रेन्डिङ

पर्साको जिराभवानीबाट ११ किलो ९५० ग्राम चरेस बरामद

वीरगन्ज । पर्सा प्रहरीले भारी परिमाणमा लागू औषध चरेस बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले जिराभवानी गाँउपालिका ५ भलुवाही खोलाबाट चरेस बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वसुगौलीका ईन्स्पेक्टर प्रकाश थापाको टोलीले २४ वटा प्याकेटमा चरेस फेला पारेको जनाइएको छ ।

बोरामा पोको पारेर लुकाइछिपाइ राखेको अवस्थामा ११ किलो ९५० ग्राम चरेस फेला पारेको इन्स्पेक्टर थापाले बताए ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै