ट्रेन्डिङ

सिरहामा रिंकु सदाय मृत्यु प्रकरण : पाँच सदस्सीय छानबिन समिति गठन

धनुषा । सिरहामा भएको रिंकु सदाय मृत्यु प्रकरणबारे अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।

नवराजपुरकी सदाय मृत्यु घटनाबारे छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ५ सदस्सीय छानबिन समिति बनाएको हो ।

घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक शान्ती राज कोईरालाको संयोजकत्वमा पाँच सदस्सीय छानबिन समिति गठन गरिएको जनाइएको छ ।

उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ । समितिले आजदेखि घटनास्थलमा गई घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै