ट्रेन्डिङ

प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटी पुग्यो नेपाली सुरक्षा अधिकृतको टोली

काठमाण्डौँ । दुई नेपाली सुरक्षा अधिकृत भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) पुगेका छन् ।

नेपाली दूतावासका कन्सूलर सञ्जीव शर्मा दास र नविन अधिकारी नयाँ दिल्लीस्थत कलेजको होस्टलमा पुगेका हुन् ।

उनीहरुले त्यहाँ विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् । टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्ने छ ।

दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् ।

आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुर्व्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन । बरु घटना ढाकछोप गर्न खोजेको थियो ।

त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो, त्यसक्रममा विद्यार्थीहरुलाई सुरक्षागार्ड र प्रशासनका व्यक्तिहरुले दुर्व्यवहार गरेका थिए ।

कुटपिटमा संलग्न दुई सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरिसकेको छ भने कलेजका कर्मचारीहरु पनि बर्खास्तीमा परेका छन् । विद्यार्थीले अपशब्द प्रयोग गरेर गालीगलौज गर्ने प्राध्यापकहरुले अहिले माफी माग्दै भिडिओ राखिरहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै