काठमाण्डौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केआईआईटीमा भएको घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले देशको अवस्था र समग्र शिक्षामा आमूल परिवर्तन गर्न यो घटनाबाट शिक्षा लिनुपर्नेमा जोड दिए ।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरण र अन्य विद्यार्थीमाथि भारतीय पक्षले गरेको दुर्व्यवहार रोक्न भइरहेको कूटनीतिक पहलबारे निरन्तर सदनलाई जानकारी गराउन लिङ्देनले माग गरे ।
यस्तै सरकारले फेसबुक, एक्समा लगायत सामाजिक सञ्जालमा वक्तव्यमात्र निकालेर नहुने भन्दै उनले परराष्ट्रमन्त्री वा सम्बन्धी व्यक्तिबाट संसद्लाई नियमित अपडेट गराइराख्न सरकारसमक्ष आग्रह गरे ।