वीरगन्ज । नेपाली कांग्रेसले पर्साको प्रतिनिधिबाहेक तराइ–मधेस समन्वय विभागमा थप सदस्यहरु मनोनयन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार थप १० जनालाई विभागको सदस्यमा मनोनयन गरेका हुन । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमार्फत मधेसका पर्साबाहेक जिल्लाहरुबाट सदस्यहरुमा मनोनयन गरिएको जनाइएको छ ।
कांग्रेसले कृष्णवर्त सिंह बारा,सहसराम यादव कपिलवस्तु, प्रमोदकुमार झा सप्तरी, मोहनलाल कलवार नवलपुर, श्यामदेव महतो सुनसरी, अरुण कुमार सिंह सिरहा, रामकृपाल यादव रौतहट, दिलमाया अधिकारी काठमाडौं, लालबाबु राउत राय कञ्चनपुर र सर्लाहीका उमेश चौधरीलाई सदस्यमा मनोनयन गरेको हो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) को बमोजिम कांग्रेस केन्द्रिय सदस्य किरण यादव प्रमुख रहेकी तराइ–मधेस समन्वय विभागमा सदस्यहरु मनोनयन गरिएको जनाइएको छ ।