ट्रेन्डिङ

पर्साबाट ६१ पिस बोइलर कुखुरा पक्राउ

पर्सा । पर्सा प्रहरीले ६१ पिस बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलबाट बोइलर कुखुराहरु नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा औराही खोलाबाट साइकलमा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा कुखुराहरु पक्राउ गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार प्रहरीलाई देख्नासाथ कुखुरा ल्याउने मानिस भने साइकल छाडेर फरार भएका छन् ।

बरामद कुखुरालाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी महादेवपट्टीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै