ट्रेन्डिङ

राष्ट्रपति पौडेलले गरे फास्ट ट्रयाकको अवलोकन, दिए – तोकिएको समयभित्र काम फत्ते गर्न निर्देशन

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौँ–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) को अवलोकन तथा निरिक्षण गरेको छन् । शुक्रबार राष्ट्रपति पौडेलले निर्माणाधीन अवस्थामा रहेको फास्ट ट्रयाक आयोजनाको अवलोकन तथा निरिक्षण गरेका हुन् ।

सो क्रममा उनले त्यहाँ भइरहेका काम कारबाही र प्रगतिबारे ‘ब्रिफिङ’ समेत लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनाको काम तोकिएको समयभित्र फत्ते गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै