
बारा । बारामा एक लाख मेट्रिक टन भन्दाबढी आलु उत्पादन भएको छ । जिल्लाका सबै क्षेत्रमा गरीएको आलुखेतीबाट उक्त मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
त्यहाँ सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । उक्त क्षेत्रफलमा किसानले विभिन्न जातका आलुखेती गरेकामा गतवर्ष प्रतिहेक्टर १५ दशमलव ९ प्रतिशतले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महराले बताए ।
जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको थियो ।