ट्रेन्डिङ

जनावरले हात खुट्टा खाइसकेको अवस्थामा भेटियो नाबालिकाको शव

सप्तरी । गाडीएको अवस्थामा एक जना नाबालिकाको शव फेला परेको छ । सप्तरीको राजविराज नगरपालिकामा एक नाबालिकाको शव फेला परेको हो ।

नगरपालिकाको वडा नम्बर १५ स्थित खाँडो खोलामा गाडिएको अवस्थामा एक नाबालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएकी नाबालिका अन्दाजी डेढ वर्षकी छन् ।

जनावरले हात र खुुट्टा खाइसकेको अवस्थामा ती नाबालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै