
वीरगन्ज । जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
आज सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधी हात पारेको हो । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले हराउँदै उपाधी जितेको हो ।
पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो । त्यसअघि तेस्रो दिनमा १३२–९ को अवस्थाबाट सुरूवात गरेको पुलिस १३९ रनमा अलआउट हुँदै १०२ रनको अग्रता बनाएको थियो ।
पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३–९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । त्यसपछि जवाफमा आर्मी १७० रन बनाएर अलआउट भएको थियो ।
नेपाल पुलिस क्लब गतवर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पनि च्याम्पियन हो । पीएम कपको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएको थियो ।