
वीरगञ्ज । स्थानीय तहको उदासिनताका कारण विपदबाट हुन सक्ने जोखिक कम नभएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन ।
२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बीरगंजमा आयोजित अन्तरसंवाद कार्यक्रममा यस्तो चिन्ता ब्यक्त गरिएको हो ।
प्राकृतिक बिपतीबाट हुने क्षती लाई कम गर्ने कुरा स्थानीय सरकारको प्रथामिकतामा पर्न नसकेको भन्दै सरोकारवालाले सरकार हुनुको अर्थ सिद्ध नभएको ठोकुवा गरे । समस्या परेपछि टालाटुली गर्ने हिसावले स्थानीय सरकार र प्रशासन लाग्ने गरेको भन्दै उनीहरुले बिपदको जोखिन कम गर्न ब्यवस्थित योजना परिचालनको आवश्यकता रहेको मा जोड दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रमममा बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,पर्सागढनी नगरपालिकाका प्रमुख गोकर्ण पाठक गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह लगायतले बिचार ब्यक्त गरेका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाले बिपद ब्यवस्थापनको बिषयले प्रमुखता नपाएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा भवन निर्माणकालागि बनाइएको मापदण्डको पालना नभएको भन्दै सस्तो लागतमा घर बनाउदा भुकम्पको उच्च जोखिममा परेको भन्दै चिन्ता ब्यक्त गरिएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले बिपदबाट बच्नकालागि आवश्यक पूर्व तयारीमा सबै निकायहरु समन्वय कायम गर्दै एक हुनु पर्नेमा जोड दिए ।
सहभागीहरुले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सावधानी, रातह उद्दारमा स्थानीय तहको सरकारले देखाउनुपर्ने सक्रियता कम हुँदा जनधनको क्षति हुने गरेको बताए ।
विपद आउने समयमा पनि सावधानी नपाउने नेपाली समाजको प्रवृत्ति रहेको बताउदै राहत उद्दारका लागि पनि कानूनी झमेला बढी रहेको सहभागीहरुको भनाई थियो ।
भौगोलिक कठिनाई, नागरिकको चेतनामा कमी तथा अन्य विविध कारणले पनि विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापनमा चुनौतीहरु हुने गरेको सहभागीले बताए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुखहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।