ट्रेन्डिङ

अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी पक्राउ

रौतहट । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको सितामढी बसबिट्टा बस्ने २२ वर्षका सुधीर कोइरी रहेका प्रहरीले जनाएको छ ।

उनीमाथि गत वैशाख ९ गते रौतहट परोहा नगरपालिका–२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई माधव नारायण नगरपालिका–६ माधोपुरबाट अपहरण गरी भारतमा लगेको आरोप छ । उनले परिवारसँग चार लाख रुपैयाँ फिरौती माग गरी फरार रहेका प्रहरीको भनाइ छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

कोइरीलाई सर्लाही जिल्लाको सीमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा पक्राउ पक्राउ गरिएको प्रहरीको भनाई छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै