ट्रेन्डिङ

होमपाइप राख्नका लागि खनीएको खाल्टोमा परेर पर्सामा एक जनाको मृत्यु

वीरगन्ज । होमपाइप राख्नका लागि खनीएको खाल्टोमा परेर पर्सामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् ।

जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ कर्वोला चोकमा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनिया टोल बस्ने २३ वर्षका सुदर्शन चौधरी रहेका छन् ।

पथरैयाबाट श्रीपूर पँचगावातर्फ जाँदै गरेको ना २८ प ३८१९ नम्बरको एफजेड मोटरसाइकल गएराती खाल्टोमा खसेको थियो । खाल्टोमा पर्दा मोटसाइकल सवार सुदर्शनसहित सोही ठाउँका २४ वर्षीय दिपेन्द्र राय थारु घाइते भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले उनीहरुको उद्दार गरी उपचारका लागि न्यूरो अस्पताल वीरगन्ज पठाएको पटेर्वासुगौलीका इन्स्पेक्टर प्रकाश थापाले बताए । उनका अनुसार उपचारकै क्रममा सुदर्शनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दिपेन्द्रको अवस्था गम्भीर रहेको तथा मोटरसाइकल नियन्त्रणमा लिइ घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै