ट्रेन्डिङ

अपहरणमा परेका बालकको सर्लाहीबाट सकुशल उद्दार, घर साहुसहित तीनजना पक्राउ

बन्दुक, गोली तथा चक्कु बरामद

सर्लाही । अपहरणमा परेका भारतीय बालकको सर्लाही प्रहरीले उद्दार गरेको छ ।

जिल्लाको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित एक घरबाट प्रहरीले १५ वर्षका आइतबार बालकको  उद्दार गरेको हो । बालकको सकुशल उद्दार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यसैबिच प्रहरीले बालकको अपहरण गरेको आरोपमा प्रहरीले घर साहुसहित तीनजनालाइ पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा घर साहु ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय बिक्रम पासवान र बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।

डीएसपी दीपक श्रेष्ठका अनुसार उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, मोबाइल १ थान, धारिलो चक्कु १ थान, हतौडा १ थान र बी.आर. ०६बीटी २८५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि अपहरण, शारीरिक बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै