
वीरगन्ज । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी प्रकरणमा पक्राउ परेका छन् ।
सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको हो । यसो त धनुषा जिल्ला अदालतले गत भदौ १६ गते पक्राउ आदेश जारी गरेको थियो । तर प्रहरीले् उनीहरुलाई पक्राउ गर्न सकेको थिएन ।
उपभोक्ता समितिको नामबाट काम गराउने अनी काम गरेको ठेकदारलाई पैसा नदिने गर्दै आएका ठाकुर यस पटक भने आफनै कर्मका कारण प्रहरीको फन्दामा परे । ठेकदारले काम गरे बापतको पैसा नपाएपछि ठाकुरलाई घरमै गएर कुटपीट गरेका थिए । छिमेकीले कुटपीटको घटना देखे पछि प्रहरीलाई खवर गरिदिएका थिए ।
प्रहरी बेलैमा पुगेर उनीहरुलाई प्रहरी चौकीमा लैजादा ठाकुर बिरुद्ध पक्राउ पूर्जी जारी भएको कुरा खुल्यो र उनी प्रहरीको हिरासतमा पुगे । उनी बिरुद्ध धनुषा जिल्ला अदालतबाट भदौ १६ गते नै पक्राउ पूर्जी जारी भएको थियो ।
जनकपुर उपमहानगरपालिका वडा नं १२ निवासी सुनिल साहले काम गरे बापतको पैसा नपाएपछि ठाकुरलाई घरमै गएर पैसा मागेका थिए । पैसा माग्दा भनाभन हुदा उनले हातपात समेत गरेका थिए । धनुषा जिल्लाका एसपी तिवारीको मिलोमतोमा पक्राउ आदेश जारी भएका पाँच जना प्रतिवादी साढे चार महिनासम्म पक्राउ नगरी खुलेआम घुमिरहेका थिए।
उनीहरु बिरुद्धको मुद्धा सडाउने प्रपन्चमा धनुषा प्रहरी प्रमुख लागेको आरोप लागेको छ । तर लामो समय प्रतिवादीहरु अनुसन्धानको दायरामा नआउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । परिषदका लेखापाल सावित्री गिरी र एसपी तिवारी छिमेकी भएकोले पनि प्रहरीले बिशेष मोलाहिजा गरेको स्रोतको दावी छ ।
ठाकुरसँगै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको प्रकरणमा मुछिएका थिए । ठगी प्रकरणमा मुछिनेमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी थिए ।
उनीहरूविरुद्ध भदौ १६ मै धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।