ट्रेन्डिङ

वीरगन्जस्थित मनोकामना मनिचेन्जर प्रालिको इजाजत खारेज, कुनै कारोबार नगर्न राष्ट्र बैँकको अपील

वीरगन्ज । वीरगन्जस्थित मनोकामना मनिचेन्जर वीरगन्ज प्रालिको इजाजत खारेज भएको छ । नेपाल राष्ट्र बैँकले उक्त मनिचेन्जरको इजाजत खारेज गरेको हो ।

भारतीय मुद्राको खरिद बिक्री गर्न इजाजत प्राप्त गरेको उक्त मनिचेन्जरको इजाजत खारेज गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैँकले भनेको छ, ‘भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालि वीरगञ्ज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ ।’

राष्ट्र बैंकले उक्त मनिचेन्जरबाट कुनै पनि कारोवार नगर्न÷नगराउन सम्पूर्णमा अपील समेत गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै