
वीरगन्ज । आफ्नै बुहारीको हत्या गरी फरार सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी प्रहरीले जनाएको छ । खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो ईन्ताज चुडिहारकी श्रीमती २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोचेर त्या गरेकी थिइन् ।
घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् । प्रहरीलाइ आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई गढीमाई नगरपालिका-२ समनपुरबाट पुस २६ गते पक्राउ गरेको हो ।
खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।