ट्रेन्डिङ

यसवर्षको गोपाल गिरी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी श्रेष्ठ सम्मानित हुने

वीरगन्ज । यसवर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट पंकज श्रेष्ठ पुरस्कृत हुने भएका छन् । आज बसेको नेपाल पत्रकार महासंघ पर्साको बैठकले यस्तो निर्णय गरेको हो ।

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट यसवर्ष कान्तिपुरकर्मी श्रेष्ठलाई सम्मानित गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले बताए । उनका अनुसार श्रेष्ठलाई नगद ५१ हजार रुपैँया राशीले सम्मानित गरिनेछ ।

वीरगन्जका तत्कालिन मेयर गिरीको २०६० साल माघ १ गते माओवादीले गोली हानी हत्या गरेका थिए । उनै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै