ट्रेन्डिङ

जनमत पार्टी पर्साको आयोजनामा आजपनि निशुल्क, दुइसय जनाको आँखाको चेकजाँच

वीरगन्ज । जनमत पार्टी पर्साले निशुल्क आँखा शिविरलाई निरन्तरता दिएको छ । पार्टीको लोकल्याणकारी अभियान अन्तर्गत शिविरलाई आज पनि निरन्तरता दिएको हो ।

जसअनुसार आज वीरगन्ज महानरपालिका वडा नम्बर ७ रामटोलमा शिविर आयोजना गरिएको छ । त्यहाँ दुइ सय जनाको आँखाको चेकजाँच गरिएको थियो ।

तीमध्ये १६ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

उनीहरुको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निशुल्क अपरेसन गरिने उनले बताए ।

शिविरमा वीरगन्ज सामुदायिक आँखा केन्द्रका महेशसिंह धामी नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै