ट्रेन्डिङ

आर्मी र पुलिस जय ट्रफी प्रतियोगिताको उपाधीका लागि भिड्ने

वीरगन्ज । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मधेस प्रदेश र बागमती प्रदेशलाई पछि पार्दै उनीहरु फाइनलमा प्रवेश गरेका हुन् ।

आमीले मधेसलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । यस्तै बागमतीलाई ५ विकेटले पराजित गर्दै पुलिसले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेटको क्षतिमा पूरा गरेको हो । आर्मीको पहिलो पहिलो जित हो । आर्मीले यसअघि पुलिस र बागमतीसँग बराबरी खेलेको थियो ।

आर्मीसँग फलो अनमा परेको मधेशले दोस्रो इनिङमा एक सय ५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य पाएको थियो । २/० को अवस्थामा दोस्रो दिनको खेल सुरु गरेको मधेशले एक सय ४८ रन थप्दा सबै विकेट गुमाएको थियो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङ्समा खुई सय २५ रन बनाएको थियो । मधेश एक सय दुई रनमै समेटिए पछि मधेश फलो अनमा परेको थियो ।

यसैगरी जनकपुरमा आइतबार बागमतीले दिएको एक सय १६ रनको लक्ष्य पुलिसले पाँच विकेटको क्षतिमा पूरा गरेको हो । पहिलो इनिङ्समा एक सय तीन रनले पछि परेको बागमतीले दोस्रो इनिङ्समा दुई सय १८ रन बनाएको थियो ।

दोस्रो इनिङमा बागमतीले एक सय १५ रनको अग्रता लिएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा सवै विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो ।

जितसँगै पुलिस ६६ अङ्क जोडेदी शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले ५५ अङ्क बनायो ।

अब आर्मी र पुलिसले उपाधीका लागि मङ्गलबार खेल्नेछन् । फाइनल खेल तीन दिवसीय हुनेछ । यस्तै ४१.५ अङ्क बनाएको बागमती र ३१ अङ्क बनाएको मधेशको यात्रा लिग चरणमा सकिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै