
वीरगन्ज । १०१ केजी लागू औषध गाँजासहित वीरगन्जका एक जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडा वडा नम्बर १५ स्थित रातमाटे प्रहरी चेक चितवनतर्फबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डीएल १३ सी १५६१ को कारलाई रोकी जाँच गर्दा १०१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कार चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ निवासी राजन रारुत रहेका डिएसपी श्यामु अर्यालले बताए ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।