ट्रेन्डिङ

धान उत्पादनमा वृद्धि, पर्साको मागलाई पुरा गरेर मौज्दात राख्न मिल्ने कृषि ज्ञान केन्द्रको दावी

वीरगन्ज । पर्सामा यस वर्ष धानको उत्पादनमा बृद्धि भएको छ । चालु आव ०८१/०८२ मा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

पर्सामा उत्पादीत धानले यहाँको मागलाई पुरा गरेर पनि मौज्दात रहने केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले बताए । उनले भने, ‘हामीसँग जिल्लाभर यति नै धानको डिमाण्ड छ भन्ने यकिन डाटा त हुदैँन । तर पनि सहकारी तथा मिलहरुबाट आएको तथ्यांकलाई विश्लेषण गर्दा यो उत्पादनले जिल्लाभरको मागलाई धान्छ । अझ यो बाहिर नजाने हो र यहाँ मात्र पुर्‍याउने हो भने अझै ‘स्टक’मा रहने उनले बताए ।’

गत वर्षको तुलनामा जिल्लामा यो वर्ष १९ हजार ८३ मेट्रिक टन धान बढी उत्पादन भएको हो । गत वर्ष १ लाख ८२ हजार १ सय ७० मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष यहाँ ४७ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो।

यो वर्ष बर्खे र चैत धान गरि २ लाख २ हजार २ हजार १ सय ३० मेट्रिक धान उत्पादन भएको हो । यो वर्ष चैते धान १ लाख ९० हजार मेट्रिक टन उत्पादन भएको र १ लाख ८३ हजार ७२ मेट्रिक टन बर्खे धान उतपदन भएको केन्द्रका सूचना अधिकारी थापाले जनाए ।

गत वर्ष पर्सामा ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । गत वर्ष भने १ लाख ८९ हजार ४७ मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्यांक छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै