
वीरगन्ज । पर्सा प्रहरीले भारी परिमाणमा लागू औषध चरेस फेला पारेको छ । पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले भारी परिमाणमा चरेस फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा खटिएको गस्ती टोलीले चरेश बरामद गरेको हो । गएराती गाउँपालिकाको वडा नम्बर ५ देउरियाबाट प्रहरीले ९ किलो १०० ग्राम लागू औषध चरेस फेला पारेको इन्स्पेक्टर थापाले बताए ।
उनका अनुसार खेतमा फालिएको बोराबाट प्रहरीले १८ वटा प्याकेटमा चरेस बरामद गरेको हो । चरेस तस्कर भने प्रहरी गस्ती टोलीलाई देख्नासाथ फरार भएका छन् ।
बरामद चरेसमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । चरेस कसको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।