ट्रेन्डिङ

जय ट्रफी क्रिकेट प्रतियोगितामा आज दुइ खेल हुदैँ

काठमाण्डौँ । जय ट्रफी क्रिकेट प्रतियोगितामा आज दुुइ खेल हुदैँछन् । मधेस प्रदेशको जनकपुर र वीरगन्जमा यी दुइ खेलहरु हुदैँछन् ।

प्रतियोगिताअन्तर्गत पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी छ ।

त्यसैगरी छैटौं खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि जारी छ ।

यसअघि भएको खेलमा पुलिसले एक जित र एक ड्रको नतिजा निकाल्दा र आर्मी र बागमतीले आफ्ना दुवै खेलमा ड्र खेलेका छन् भने मधेशले एक खेल ड्र गर्दा एक खेल हारेको छ ।

पुलिस ४० अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहेर फाइनल खेल्ने बलियो अवस्थामा छ । आर्मी दोस्रो, बागमती तेस्रो र मधेश चौथो स्थानमा छन् ।

यी खेलको नतिजापछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ । शीर्ष दुई टोलीले मंगलबारदेखि हुने तीन दिवसीय फाइनल खेल्ने छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै