ट्रेन्डिङ

नेपाल मुस्लिम इतेहाद संगठन सप्तरीको अध्यक्षमा पुनः मोहम्मद मुस्तफा

सप्तरी । नेपाल मुस्लिम ईतेहाद संगठन सप्तरीको अध्यक्षमा मोहम्मद मुस्तफा मियाँ पुनः सर्वसम्मत चयन भएका छन् ।

बिहिवार राजबिराजमा सम्पन्न भएको संगठनको तेस्रो जिल्ला अधिवेशनले मुस्तफाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा मो.सफि रहमान (मिस्टर) तथा सचिवमा मोहम्मद सफरिद मियाँ रहेका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका मुस्लिम ईतेहादको केन्द्रिय कमिटीका अध्यक्ष माननीय शेराज अहमद फारुकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशन जिल्ला कमिटीका अध्यक्ष मुस्तफा मियाँ अध्यक्ष रहेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै