ट्रेन्डिङ

बाराको निजगढ विमानस्थल निर्माणको कार्य अघि बढाउन निर्देशन

काठमाण्डौँ । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कार्य तत्काल बढाउन निर्देशन दिइएको छ ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ ।

‘राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने’, समितिको निर्णयमा भनिएको छ ।

समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन पनि निर्देश गरेको छ । व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेस गर्न भनिएको छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि निर्देशन गरिएको छ ।

पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि भनिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै