ट्रेन्डिङ

वीरगन्जको गहवामाई मन्दिरमा किन प्रज्जवलन गरिदैँछ २१०० दीप ?

वीरगन्ज । वीरगन्जस्थित गहवामाई मन्दिरमा दीप प्रज्जवलन गरिने भएको छ । अयोध्यामा श्री रामलीलाको प्राण प्रतिष्ठा तथा राम मन्दिरको उद्धाटनको वार्षिकोत्सवको अवसरमा यहाँ दीप प्रज्जवलन गरिने भएको हो ।

पुष २७ गते अर्थात् यहि शनिबार मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी दुइ हजार १०० वटा दीप प्रज्जवलन गरिने गहवामाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार धार्मिक एवम् सांस्कृतिक महत्वका कार्यक्रम आयोजना गरी साँझ साढे ५ बजेदेखि दीप प्रज्जवलन गरिने योजना छ ।

समितिका अध्यक्ष नरेन्द्र कुमार साहले कार्यक्रममा सहभागी भई गरिमा बढाउन अपील समेत गरेका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै