मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दलित तथा अल्पसंख्यक समुदायको मुद्धालाई प्राथमिकताका अगाडी बढाउने बताउनु भएको छ ।
जवाफदेहिताका लागि नागरिक अभियानसंगको भेटमा वहाँले यस्तो बताउनु भएको हो । सवैको जिवनशैली परिवर्तन भए पनि मुसहर समुदायको जिवनशैली अझ पनि जस्ताको त्यस्तथै छ । यस्ता खालका मुद्धाहरु उठाउनु पर्ने आवश्यकता रहेको वहाँले बताउनु भयो ।
हाम्रो अभियान पर्सा मार्फत दलित, महिला , युवा तथा अल्पसंख्यक समुदायको मुद्धालाई उठाउने फेलोशिप कार्यक्रम प्रभावकारी रहेको र यसलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यत्त गर्नु भयो ।
युएसएड नागरिक समाज संचार अन्र्तगत द एसिया फाउण्डेशनको सहयोगामा संचालित मिडिया फेलोशिप कार्यक्रम अन्र्तगत गठित जवाफदेहिताका लागि नागरिक अभियानले आज मुख्यमन्त्री सिंहसंग भेट गरी मिडिया फेलोशिप अन्र्तगत उठान गरिएको मुद्धाको बारेमा जानकारी गराएको हो ।
मुख्यमन्त्रीसंगको भेटमा जवाफदेहिताका लागि नागरिक अभियानका संयोजक साजिर मन्सुरले ध्यानाकर्षण पत्र बुधझाएका थिए ।
कार्यक्रम अन्र्तगत फेलोजहरुले प्रकाशन गरेको स्टोरीहरुको संगालो समाचार संगालो संस्थाको तर्फबाट हाम्रो अभियानका शिवनाय यादवले हस्तान्तरण गरेका थिए । कार्यक्रमको बारेमा सलमा खातुले प्रकाश पार्नु भएको थियो ।
टोली अभियानका निभा सिंह, ओमप्रकाश सरार्फ, फैजा खातुन लगायतको सहभागिता रहेको थियो ।