ट्रेन्डिङ

झण्डै दुइ घण्टापछि सकियो मधेस प्रदेश सभाको चौथो अधिवेशन, के के भयो ?

जनकपुर । मधेस प्रदेश सभाको अधिवेशन सकिएको छ । प्रदेश सभाको चौथो अधिवेशन दुइ घण्टा चलेर सकिएको हो ।

मंगलबार दिउँसो दुइ बजेदेखि सुरु भएको बैठक झण्डै २ घण्टापछि सकिएको हो । प्रदेश सभाको पहिलो दिनको बैठकमा शुभकामना संदेश र विधेयक प्रस्तुत गरिएको छ ।

सबै दलका नेताहरुले प्रदेश सभा सुरु भएकोमा शुभकामना दिएका थिए भने सभामा प्राकृतिक स्रोत तथा वातावरण समिति सभापति शारदा दास पहाडीले मधेसमा पर्यटनको बिकास तथा प्रवर्दन गर्न बनेको विद्येयक २०८१ प्रस्तुत गरेकी थिइन् ।

विद्येयक प्रस्तुत गरेसँगै सभामुख रामचन्द्र मण्डलले मधेस सभाको आजको बैठक सकिएको घोषणा गरे ।

अर्को बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा प्रदेशका सांसदहरुले सरकारको कामकारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

उनीहरुले जनमत नेतृत्वको वर्तमान प्रदेश सरकारले ६ महिनासम्म पनि बजेट चलाउन नसकेकोमा आपत्ती जनाएका छन् ।

सांसदहरुले विकास निर्माणका कार्यहरु सञ्चालन गरी बजेट खर्च गर्न मुख्यमन्त्री सतिश सिंहलाई सुझावसहितको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै