जनकपुर । मधेस प्रदेश सभाको अधिवेशन सुरु भएसंगै तीनवटा विधेयक प्रमाणीकरणको घोषणा भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले गरेको तीनवटा विधेयक प्रमाणीकरणबारे सदनमा जानकारी गराइएको छ । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएर आएको तीनवटा विधेयकबारे सदनमा जानकारी गराएका थिए ।
प्रदेश सभाका सभामुख मण्डलले सदनबाट, प्रदेश सभा सञ्चालन ऐन २०७९, मधेस प्रदेसको सवारी तथा यातायात विधेयक, प्रदेशको खेलकुद विकास सम्बन्धीको विधेयक र स्थानीय निकाय सम्बन्धीको विधयेक प्रमाणीकरण भएको घोषणा गरेका थिए ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाको नाममा लेखेर पठाएको पत्र सुनाउँदै तीनवटा विधेयक प्रमाणीकरण भएको घोषणा गरेका थिए ।
यी तिनवटै विधेयक प्रमाणीकरण भएर लागु भइसकेको प्रदेश सभाको सचिवालयले जनाएको छ । विधेयक प्रमाणीकरणसंगै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभाको सचिवमा बासुदेव प्रसाद कोइरालालाई नियुक्त गरेको हो ।
प्रदेश सभाको सचिव पद रिक्त भएपछि प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभाको सचिवमा कोइरालालाई नियुक्त गरेको हो ।
सभामुख मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रलाई सदनमा सुनाइसकेपछि अहिले प्रदेश सांसदहरुले आ–आफ्नो धारणा राख्न सुरु गरेका छन् ।
उनका अनुसार दलीय आधारमा प्रदेशसभाका सदस्यहरुले शुभकामना मन्तव्य दिने कार्यसूची छ ।