काठमाण्डौँ । सरकारले मधेस प्रदेशका तीनसहित १६ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि सरकारले मधेसका बारा र रौतहटसहित १६ कम्पनीहरुलाई स्पष्टीकरण सोधेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी सात दिनभित्र लिखित जवाफ मागेको छ ।
सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएको पनि हालसम्म लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको हो ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले आग्रह समेत गरेको छ ।