ट्रेन्डिङ

भ्रष्टाचारविरुद्ध आवाज उठाउन वीरगन्जमा खबरदारी सभा गर्दैछौँ : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । सोही कराण खबरदारीका लागि वीरगन्जमा सभा आयोजना योजना बनाइएको उनले बताएका छन् ।

आजपा पर्सा जिल्ला कमिटिको बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सभा गर्न लागेको उनको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको अध्यक्ष साहको आरोप छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढ्दै गइरहेको बताउँदै उनले भ्रष्टाचारविरुद्ध आवाज उठाउने उद्देश्यले आफूहरुले खबरदारी सभा गर्न लागेको बताए ।

उनका अनुसार देशमा भ्रष्टाचार बढ्दो छ, तर सरकार भने मुकदर्शक बनेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरूकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको उनको जिकिर छ ।
यसैगरी उनले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने समेत बताए ।

हालै भ्रष्टाचारविरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्न लागेको छ । आजपाले यहि पुुष २७ गते वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्न लागेको भएको हो ।

खबरदारी सभालाई पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले विशेष सम्बोधन गर्ने कार्यतालिका छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै