ट्रेन्डिङ

पर्सागढीबाट २५ मूल्य बराबरका चिनी पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले २५ हजार मूल्य बराबरका चिनी पक्राउ गरेको छ । प्रहरीले पर्सागढी नगरपालिका वडा नम्बर १ बाट चिनी पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट मनवाको कार्यालय अगाडीबाट भन्सार छलीका चिनी बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रंगपुरदेखि जितपुरतर्फ जाँदै गरेको प्र ३–०३–००१ ख ००८५ नम्बरको बसलाई रोकेर जाँच गरेको थियो ।

सोही क्रममा प्रतिबोरा पाँच हजारका दरले ५ बोरा चिनीको कागजपत्र नभेटिएकाले नियन्त्रणमा लिइएको पटेर्वासुगौलीका प्रहरी इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए ।

बरामद चिनीमाथि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै