वीरगन्ज । वीरगन्ज घण्टाघरस्थित विपी उद्यानको जग्गामा डोजर चलेको छ । वीरगन्ज महानगरपालिकाले त्यहाँ आइतबार डोजर चलाएको हो ।
नगरप्रमुख राजेशमान सिंहका सचिवालय सल्लाहकार हरि पोखरेल नेतृत्वको टोलीले विपी उद्यानको जग्गामा डोजर चलाएको हो । महानगरले आज दुइवटा डोजर चलाएर संरचनाहरु भत्काउन सुरु गरेको पोखरेलले बताए ।
उनका अनुसार पहिलो चरणमा आज पूर्वपट्टीका २० वटा घर टहराहरुमा डोजर लगाइएको हो । टोलीले संरचनाहरु भत्काउँदै सफा गरिरहेको उनले बताए ।
उनी भन्छन्, ‘पहिलो चरणमा विपी उद्यानको पूर्वतर्फको जग्गाको केहि घरहरु भत्काएका छौँ । अहिले पश्चिमतर्फका घर टहरा भत्काउने काम हुँदैछ, पूर्वतिर खाली गरिएका संरचनाहरु सफा पनि गर्नुप¥यो । एकदिन मै त सकिदैँन धेरै छन् । त्यहि कारण विस्तारै हुन्छ ।’ उनका अनुसार आज सफाई कर्मचारीहरुको घर टहरा भत्काइएको हो ।
वीरगन्ज महानगरपालिकाले यसअघि नै विपी उद्यानको जग्गा गर्नका लागि दुइ पटक सार्वजनिक सूचना निकालिसकेको छ । यद्यपी व्यापारी तथा किसानले सूचनाको अवज्ञा गर्दै आएकोले महानगर एक्सनमा उत्रिएको जनाइएको छ ।
यसैबिच अत्यधिक चिसोबिच वीरगन्ज महानगरले घर टहरा भत्काएपछि आफूहरु घरबारविहिन भएको उनीहरुको गुनासो छ । स्थानीय पर्भावती देवीले यसरी एका–एका महानगरले आफूहरुको घर भत्काएर बिजोग बनाएको गुनासो गरिन् ।
उनले भनिन्, ‘यस्तो चिसो छ । घरहरु भत्काएर उजाड पारियो, हामी कता जाने अब र ? काखमा एकदिनको नानी (बच्चा) छ । कता लैजाउनु अब यिनीहरुलाई र ? कस्तो बिजोग भयो हाम्रो त । अलिकति समय दिएर भत्काएको भएपनि केहि बन्दोबस्त गथ्र्यौ । गर्मी महिना सुरु हुन दिएको भएपनि कति राहत हुन्थ्यो । जाडो दिनदिनै बढेको बढै छ, अब कता जाने रु के उपाय निकाल्ने ? ’